गभर्नर महाप्रसाद अधिकारीविरुद्द अखिल क्रान्तिकारीको विरोध प्रदर्शन
असार ३०
काठमाडौ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजिनामा माग गर्दै माईतिघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
उनीहरुले गभर्नर महाप्रसाद अधिकारी एमालेको सदस्य रहेको र राष्ट्रको ढुकुटी सिध्याउने गरेको भन्दै चर्को विरोध गरेका हुन्। यस्तै शेरबजार मैत्री नीति लागु गर्न माग गर्दै पूजी बजार सुधार संघर्ष समितिले पनि गभर्नर महाप्रसाद अधिकारीविरुद्द प्रदर्शन गरीको छ।