suekhet
bheriad

क्वाटरफाइनलका अन्तिम खेल आज हुदै

lekabesi

विश्वकपमा सहभागी हुँदा सबैभन्दा तल्लो वरियताको टोलीमा गनियाको रुसले दोस्रो चरणमा स्थान पक्का गर्ने अनुमान पनि कसैले गरेका थिएनन् होला ? तर आज रुस अहिले क्वार्टरफाइनल खेल्दैछ । यो खेल रुसीका लागि सबै भन्दा माथिल्लो लेवलको खेल हो । रुसी समर्थकका लागि टोलीले विश्वकप उचालिसके सरह भएको छ । विश्वकपअघि खेलिएका मैत्रीपूर्ण म्याचमा कुनै पनि जित निकाल्न नसकेको रुस क्वार्टरफाइनल पुग्नुलाई पनि ठूलै सफलताका रुपमा हेरिएको छ ।
आजको खेल तालिका
असार २३ शनिबार ०७:४५ pm
स्वीडेन Vs इंग्ल्याण्ड

असार २३ शनिबार ११:४५ pm
रसियावvsक्रोएसिया
क्वाटरफाइनलको अन्तिम खेलमा आज इंग्ल्याण्डले स्वीडेनको सामना गर्दैछ। आजको खेल जीते इंग्ल्याण्ड १९९० पछि फेरि एकपटक सेमिफाइनल पुग्नेछ। स्वीडेन र इंग्ल्याण्ड यसअघि २४ पटक आमने सामने भएका छन्। जसमध्ये ८ खेलमा इंग्ल्याण्ड विजयी भएको छ भने ७ खेल स्वीडेनले जितेको छ। त्यस्तै ९ खेल बराबरी भएका थिए।