जात नमिलेपछि गायिका मेलिना राईले तोडिन इन्गेजमेन्ट

काठमान्डौ – गायिका मेलिना राईले प्रेमी सन्जिवनी बराइलिसंग इन्गेजमेन्ट तोडेकी छिन ।

उनले आफू हरु बिचमा बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थालेको र विचारमा मेल खान नपुगे पछि सामाजिक संजालमार्फत इन्गेजमेन्ट तोडेको बताएकि छिन ।

गायिका मेलिना राईले सञ्जीव बराइलीसँग केही महिना अगाडि इन्गेजमेन्ट गरेका तस्वीर सार्वजनिक गरेकी थिइन।

lekbesi

तस्वीर सार्वजनिक भएपछि गायिका राईको विभिन्न आलोचना भएको थियो भने धेरैले अन्तर्जातिय विवाह गर्न लागेकोमा बधाई दिएका थिए ।

अहिले गायिका राईले इन्गेजमेन्ट तोडनुको कारण जात नै भएको धेरैले टिप्पणी गरेका छन।
उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट गरेकि थिइन भने छिटै विवाह बन्धनमा बाधीने समेत बताएकि थिइन।

गायिका मेलिना राई लेख्छिन।
बिषय – Engagement तोडिएको जानकारी !
केही समय अगाडी मैले आफ्नो Engagement गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा संगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो बिमर्श भयो । हामी बिच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो बिचारमा मेल खान सकेन । धेरै समिक्षा आत्मा समिक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।

फेरि सबै engagement हरु बिबाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामी बिचको engagement तोडिएको कुरा म फेरि यहि सामाजिक संजालमार्फत सार्बजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भबिष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।
🙏