जाजरकोटमा वेश्यावृती गराउने होटेल साहु पक्राउ

जाजरकोट – जाजरकोटमा वेश्यावृती गराउने होटेल एक साहुलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट भेरी नगरपालिका वडा नं.०३ ठाँटी स्थित न्यू थकाली होटल एण्ड लज संचालन गर्दै आईरहेका ओमकार लोहनियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय जजरकोटले जनाएको हो।
स्थायी घर बाँके डुडवा गाउँपालिका वडा नं.०१ म रहेका उनले जाजरकोटमा होटेल संचालन गर्दै आईरहेका थिए । गत चार गते उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

आफ्नो होटल कोठामा महिलाहरुलाई बोलाई वेश्यावृती गराई रहेको छ भन्ने गोप्य सूचना प्राप्त भए पश्चात यस जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले कोठाबाट पीडित महिलाहतिलाई समेत उद्दार गरेको जनाएको छ। पक्राउ परेका लोहनीयालाई जिल्ला अदालत जाजरकोटबाट मानव बेचबिखन सम्बन्धि कसुरमा दिन ५ ( पाँच ) को म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
