अभिनेता पल शाहलाई २ बर्ष ६ महिना कैद सजाय तोकियो

काठमान्डौ – अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालत कावासोतीले २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ।

पल शाहलाई लागेको बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतले आज उक्त फैसला गरेको हो।

जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलाशले पल शाहलाई बालयौन दुराचार मुद्धामा २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। साथै क्षतिपूर्ति बापत १० लाख रूपैँया समेत तोकिएको छ।

lekbesi

अभिनेता शाहविरुद्ध एक नाबालिक गायिकामाथी बलात्कारको आरोप आलेगेपछी गत चैत ४ गते जिल्ला अदालत नवलपुरमा बलात्कार मुद्दा दायर भएको थियो ।

पीडितकाे बाबुले दायर गरेकाे जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएकाे थियाे । त्यही मुद्दामा आज अदालतकाे फैसला आएकाे हाे ।