वायुसेवा निगम वाइड बडीले काठमाडौं,जापान सिधा उडान गर्ने ,,

असार २३ ,काठमाण्डौ – निगमको नयाँ वाइड बडी विमानले काठमाडौँ,जापान सिधा उडान भर्ने योजना बनाएको छ । शुरुमा छोटो दुरीको प्रक्रिया पूरा गरी उडान शुरु गरेपछि आगामी असोज (सेप्टम्बरभित्र) जापान र क्रमशः दक्षिण कोरिया र साउदी अरेबियाको गन्तव्यमा उडान भर्ने निगमले जनाएको ।प्रवक्ता रवीन्द्र श्रेष्ठले काठमाडौँबाट जापानको टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उक्त गन्तव्यमा हप्तामा तीन दिन उडान हुनेछ ।

नयाँ वाइड बडी विमानको पहिलो उडान आगामी अगष्ठ १ देखि हुने जनाइएको छ । निगमको अर्को वाइड बडी विमान एक महिनाभित्रै आउँदैछ ।निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेंगलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो ।निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन वटा ट्विनअटर विमान छन् ।