पाँच लाखले काठमान्डौ छाडे सुर्खेतसम्म ३५ सय भाडा त्यो पनि मुढामा बसेर

असोज १५,काठमान्डौ- हिजो सम्म पाँच लाख बढीले काठमान्डौ छाडेका छन । दशै मनाउन घर जानेहरुको भिड देखिने गरेको छ भने बसपार्कमा टिकट लिनेहरुको घुईचो देखिने गरेको हो ।

राजधानिका विभिन्न भागबाट हिजो सम्म पाँच लाखले राजधानी छोडेको ट्राफिक प्रहरीले बताएको छ । त्यस्तै बस टिकटको लागि तछाड मछाड भैइरहेको छ भने सरकारले तोकेको भन्दा बढी यात्रुले भाडा तिरिरहेका छन ।

यस्तै काठमान्डौबाट सुर्खेत  सम्म ३ हजार देखि ४ सम्म भाडा तिरेको यात्रु बताउँछन त्यो पनि मुढामा बसेर ।यात्रुलाई दशैमा जांदा यो सास्ती भने प्रतेक बर्ष हुने गर्दछ।

lekbesi

यस्तै काठमान्डौबाट धरान सम्ममा ३ हजार काठमान्डौबाट धनगढीसम्म ३५ सय सम्म भाडा असुल्ने गरेको यात्रु बताउँछन ।

काठमान्डौको नयाँ बसपार्कमा देखीएका अधिकान्स यात्रुहरु तीन देखि चार दिन सम्म बसपार्कमा रात दिन कुरेर पनि टिकट नपाएको गुनासो सुनाउछन।