गायक राजेशपायल राईले विवाहनै नगरी बच्चा जन्मायको खुलासा बाहिरियो

काठमान्डौ – गायक राजेश पायल राईलाई पुत्रलाभ भएको छ।उनी अहिले कार्यक्रमका लागिअमेरिकामा छन । राजेशपायल राईले भने विवाह गरेका छैनन ।

राजेशपायलसँग लभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट सन्तान जन्मिएको हो।

काठमाडौंकै ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बताइन्छ । अहिले भने राईले बच्चालाई स्यहार गरेका तस्वीर बाहिरीयका छन।

lekbesi

स्रोतका अनुसार बच्चा जन्मिएका बेला तीन दिनसम्म राजेशपायल अस्पतालमै बसेका थिए ।

यद्यपि यस कुरालाई राजेशपायल राईले आधिकारिक रुपमा भने पुष्टि गरेका छैनन् । त्यसो त उनले आफुलाई अहिलेसम्म अविवाहित भन्दै आएका थिए ।

हरेक पटकको अन्तर्वातामा विवाह कहिले गर्नुहुन्छ भन्ने अन्तर्वार्तामा उनले कहिले पनि जवाफ दिने गरेका थिएनन ।

अहिले भने विवाहको टुंगो नलाग्दै उनलाई पुत्रलाभ भएको खबर बाहिरिएको हो । सङबुङ राईको टिकटकमा राखिएको एक भिडियोले यो खबरलाई पुष्टि गर्छ ।

उनले सुत्केरी अवस्था र भर्खरै जन्मिएका शिशुलाई राजेशपायलले स्यहारसुसार गरिरहेको भिडियो राख्दै अंग्रेजीमा लेखेकी छिन्, ‘श्रीमान–श्रीमती ।

सङबुङ राजेशपायलभन्दा २६ बर्ष कान्छी हुन् उनी टिकटकमा सक्रिय छिन । उनको उमेर अहिले २० बर्षको छ भने राजेशपायल ४६ बर्षका भए ।

राजेशपायलले सङबुङलाई नक्सालको आफ्नै घरमा राखेको स्रोत बताउँछ ।  राजेशपायलको काठमाडौंमा नक्साल र शान्तिनगरमा गरि दुई वटा घर छन।