suekhet
bheriad

इंग्ल्यान्डले पहिलो हाफमा स्वीडेन विरुद्द १–० गोलले लियो अग्रता ,,

lekabesi

असार ,२३ एजेन्सी – रसियामा जारी विश्वकप २०१८ फुटबलको क्वाटरफाइनलमा स्वीडेनविरुद्ध इंग्ल्यान्डले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफसम्म अग्रता बनाउन सफल भएको हो ।इंग्लयान्डका लागि ह्यारी मागुइरेले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ३०औं मिनेटमा मागुइरेले गोल गर्दै अग्रता दिलाए । उनले कर्नरकिकलाई सदुपयोग गर्दै हेडर गोल गरे । रसियाको समरा एरिनामा पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने एकपछि अर्को अवसर खेर फालेको थियो । खेलको अन्तिम समयमा इंग्ल्यान्डले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्न सकेन । खेल समयको हाल्फ़ पछि पुन भिडन्त हुने छ ।