काठमान्डौमा मेयर बालेनको पुत्ला दहन गर्दै विरोध प्रदर्शन
काठमाडौं – काठमाडौं महानगरले बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वा:छे) मा डोजर चलाएको भन्दै मेयर बालेन्द्रशाहको पुत्ला दहन गरिएको छ।
महानगरपालिकाले काठमान्डौ २५ मा शुक्रबार डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका हुन।
उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए ।
महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका हुन्।
शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। मंका खल, आदिवासी जनजाती संघ लगायत नेवा: समुदायसँग आबद्ध संघ संस्थाहरूले प्रदर्शन गरेका हुन्।
स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए ।
उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाए ।बालेन सच्चिनिपर्ने अन्यथा ठूलो भागेदारी हुनुपर्ने समेत उनले बताए ।
अतिक्रमण गरेको छ भने मार्किङ गर्नुपर्छ, यहाँको मान्छेको समर्थन लिएर काम गर्नुपर्छ’ उनले मेयर बालेनप्रति लक्षित गर्दै उनले भने,डोजरले घर भत्काएर समाधान हुदैन ।काठमान्डौ महानगरले विभिन्न स्थानमा अतिक्रमण संरचना भन्दै भत्काउने गरेको छ।