फुटबल खेलमा हार्ने पक्षले आक्रमण गर्दा १२७ जनाको ज्यान गयो

असोज १६, काठमान्डौ – इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १ सय २७ जनाको ज्यान गएको छ भने १८० जना भन्दा बढी घाईते भएका छन।

पूर्वी जाभा प्रान्तमा आज भएको फुटबल खेल हेर्न जम्मा भएको भिडमा भागदौड मच्चिँदा १२७ जनाको ज्यान गयको प्रान्तका प्रहरी प्रमुखको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयर्टसले जनाएको छ ।

खेलमा पराजित हुने पक्षका समर्थकहरूले आक्रमण गरेकाे खबरमा उल्लेख छ । इन्डोनेसियाका खेलकुद मन्त्री जैनुदिन अमालीले फुटबल खेलका क्रममा भएको सुरक्षाको पुनः मूल्याङ्कन गर्ने बताएका छन । भिड नियन्त्रण गर्न सुरक्षा अधिकारीहरुले अश्रु ग्यास प्रहार गरेका थिए ।

lekbesi