Gold

चर्चित गीत डाँडा घरे साईली पछि गायक स्वरुपराज आचार्यको चाहाना बजारमा

Naumule Migrate

काठमान्डौ – लोकप्रिय गायक स्वरुपराज आचार्यको स्वरमा रहेको आधुनिक गीत चाहना बजारमा सार्वजानिक भएको छ।

 

गायक स्वरुप आचार्यको स्वरमा रहेको गीत डाँडा घरे साईली केहि महिना पहिले बजारमा आएको थियो। उक्त गीतले दर्शकको निकै नै मन जितेको थियो। भर्खर मात्र बजारमा आएको चाहना गीतले पनि उतिकै दर्शकको मन जित्ने अनुमान गरिएको छ।

यो गीतलाई चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले संगीत सग्रेका हुन् भने सुमन विकले शब्द लेखेका हुन्। गितमा प्रदेशीको भावनाललाई चित्रण गरिएको छ।

 

शिव विकले निर्देशन गरेको गीतलाई रक कौशलले खिचेका हुन्। अनिल महर्जनको सम्पादन रहेको गीतमा ओम विकल साया भण्डारी र बाबुराम न्यौपानेको अभिनय देख्न सकिन्छ। गीतलाई रंग दर्पण म्युजिकले बजारमा ल्याएको हो।

Naumule Badhipahiro