तोकियको क्षेत्रमा निषेधाज्ञा हट्दैन प्रधानमन्त्री ओली ,,
असार,२३ काठमाडौं – डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने पनि प्रष्ट पारेका छन् । जनताले तिरेको कर बाट तलब खाने केसीले आफ्नो काम गर्न छोडेर नियम विपरित चलेको आरोप समेत ओलीले प्रस्ट पारे ।केसी डा. हुन् उनले चिकित्साको काम गरेर बिरामीको सेवागर्न पर्छ। , यदि राजनीति गर्नेहो भने पार्टी प्रवेश गर्न पर्छ। यो लोकतन्त्र हो छाडा तन्त्र हैन। मन्मर्जी गर्न पाईंदैन ,कसैले भन्दैमा उपत्यकामा जारी गरिएको निषेधाज्ञा कुनै पनि हालतमा फिर्ता नहुने समेत प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।
प्रदेश २ को विकास निर्माणबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसदहरु बालुवाटार पुगेर प्रधानमन्त्री ओलीले प्रदेश २ को विकाससँगै समग्र राजनीतिक परिस्थितिबारे सांसदहरुलाई जानकारी गराएका छन् ।सरकार निरंकुश भएको विपक्षीहरुको दाबी खण्डन गर्दै उनले आफूहरु पनि लडेर आएको भन्दै अधिनायकवादको कल्पना समेत गर्न नसकिने बताएका छन् । आफ्नो नेतृत्वको सरकार जनताबाट चुनिएर आएको भन्दै प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नु जनमत विपरित हुने दाबी गरेका छन् ।