भारतले स्वदेशमा निर्मित हेलिकप्टरको नाम राख्यो प्रचण्ड

काठमान्डौ – भारतले हालै निर्माण गरेको हलुका लडाकु हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखेको छ। उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ ।

सरकारी संस्थान हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले निर्माण गरेको हेलिकप्टरमा ४५% सामान स्वदेशकै प्रयोग गरिएको बताइएको छ।

दुई इन्जिनयुक्त लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) को नाम ‘प्रचण्ड’ राखिएको हो । उक्त हेलिकोप्टरलाई सोमबार औपचारिक रुपमा जोधपुर वायु सेना स्टेशनस्थित १४३ हेलिकोप्टर युनिट ‘धनुष’मा सामेल गरिएको बीबीसी हिन्दीलगायतका मिडियाहरूले लेखेका छन् ।

भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले प्रचण्ड हेलिकोप्टरले स्थल र वायु सेना दुबैको आवश्यकता पूर्ति गर्ने बताएका छन् । उक्त हेलिकोप्टरको भिडियो ट्वीटरमा सेयर गर्दै रक्षामन्त्री सिंहले लेखेका छन् ‘नाम हो प्रचण्ड ।