आज बडा दशैंको मुख्य दिन टीकाको उत्तम साईत जान्नुहोस कता फर्किने

काठमान्डौ – आज बडा दशैंको मुख्य दिन घर घरमा मान्यजनबाट टीका र जमरा लगाइँदै आशिर्वाद लि लिइदै छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।

दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाउने उत्तम साइत आज ५१ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

उत्तम साईत पछि दिन भर सम्ममा टीका लगान सकिने समितीले बताएको छ।

तर टीका लगाउँदा कुन दिशामा फर्किएर बस्ने भन्ने कुरालाई ख्याल राख्नुपर्ने भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने वास्तुविद एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउँछन् ।

चन्द्रमालाई दाहिने र सम्मुख पारेर टीका लगाउनुपर्ने भएकाले टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किंदा शुभ हुने उनले बताए ।

आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने उनको भनाइ छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेमा वर्षभर शान्ति हुने जन विश्वास छ ।असोज १९