surkhet

ईङ्ग्ल्याण्ड सेमीफाईनलमा प्रवेश गर्न सफल ,,

surkhet

असार २३, एजेनसि – फिफा रसियामा जारि विश्वकप २०१८ खेलमा ईङ्ग्ल्याण्ड सेमी फाईनलमा प्रवेश गर्न सफल भयको छ। ,स्विडेन विरुद्दको खेलमा २ -० गोलले अग्रता लिंदै ईङ्ग्ल्याण्डले आफ्नो जितको कब्जा जमाउन सफल भयको छ ।, पहिलो हाल्फमा खेलको ३०औं मिनेटमा मागुइरेले गोल गर्दै अग्रता दिलाए । १ गोलले स्विडेनलाई पछि पार्दै अगाडी बढेको ईङ्ग्ल्याण्डले दोस्रो हाल्फको खेलमा इंग्ल्यान्डका लागि डेले अलीले गोल गर्दै २–० गोलको ५९ औं मिनेटमा गोल गर्दै अग्रतामा पुर्याएका थिए ।  स्वीडेनले दोस्रो हाफमा निकै आक्रमक खेल खेलेको थियो तर ।गोल गर्न भने सकेन । एकपछि अर्को गोल गर्ने अवसर स्वीडेनले गुमाएको थियो । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले पराजित गर्दै २८ वर्ष पछि सेमिफाइनलमा पुगेको हो । पराजित स्वीडेन भने विश्वकपबाट बाहिरिएको छ ।

salyan