विश्वकप सेमिफाईनल कुन कुन टिम ,,

असार २४ , एजेनसी – रसियामा जारि विश्वकप खेल २०१८ को खेलमा सेमिफाईनल टिम अन्तर्गत फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् । बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले, इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले र क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै उपाधि दौड निकै रोचक बनेको छ । विश्वकप जित्ने सपना मात्र हैन ५ पटक सम्म विश्वकप जितेको ब्राजिल या ४ पटक विश्वकप जितेको जर्मन यो वर्ष भने घर फर्कियका छन् ।अब सेमिफाईनलको लागि पहिलो खेल २६ गते फ्रान्स र बेल्जियमबीच भिडन्त हुँदै छ।