surkhet

राउटेले पाए नागरिकता

surkhet

दैलेख, २४ असार

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बस्दै आएका राउटे समुदायहरुको उत्थानका लागि सरकारले हदैसम्म प्रयास गरिरहेको उनिहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरीरहेपनि उनिहरु एकै ठाउँ बस्न मानिरहेका छैनन् राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गर्ने गरेको फिरन्ते रुपमा बस्दै आएको यो समुदायका व्यक्तीहरुको अब स्थायी ठेगाना भएको परिचयपत्र दिइने भएको

दैलेख गुराँस गाउँपालिकाले उनिहरुलाई आफ्नै स्थायी नागरिक बनाउनेगरी परिचयपत्र दिने भएको हो संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनिहरुको नाम थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र दिएसँगै अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका दैलेख कायम हुने भएको उनिहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको पनि शुरुवात यसै आर्थिक बर्षबाट गरिने गाउँपालिकाले जनाएको जसको लागि दुइजना कर्मचारी समेत नियुक्त गरिसकिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए

Dailekh
Gorkha

दुइजना कर्मचारीमध्य एकजनाले राउटेको स्वास्थ्य हेर्ने एच. लेवलका छन् भने अर्का एकजनाले उनिहरुलाई शिक्षा सिकाउने छन् अध्यक्ष ओलीले दिएको जानकारी अनुसार नियुक्त गरिएका कर्मचारी राउटेलाई दिइने भत्ताको लागि संघिय सरकारले गाउँपालिकाको खातामा करोड २७ लाख रकम पठाइसकेको
गाउँपालिकाले कर्मचारी नियुक्त गरिसकेको , अब राउटेहरुको उपचार तथा रेखदेख ति कर्मचारीहरुबाट नै हुन्छ उनले थपेराउटेहरुले गर्ने क्रियाकलापको अपडेट पनि उनिहरुले गर्नेछन्, भने रातीमा प्रोजेक्टबाट उनिहरुको बालबालिकालाई सिकाउने, सन्देशमुलक भिडियोहरु देखाउने लगायतका क्रियाकलाप नियुक्त भएका कर्मचारीहरुले गर्नेछन् उनले भने
उनले राउटेलाई दिइने परिचयपत्र छपाईको काम भइसकेको भन्दै अबको केहिदीनमा नाम थर ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र वितरण गर्ने तयारी गरिएको जानकारी दिए

राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले आफुहरुलाई भत्ता लिन ठाउँ ठाउँ जान समस्या हुने गरेको भन्दै अब एकै ठाउँबाट भत्ता लिदा आफ्ना जनता भोकै बस्नु नपर्ने बताए

उनले भने, ‘अहिलेसम्म भत्ता ढिलो गरी आउने गरेको थियो, भत्ताको लागि कहिले कसैलाई भन्नुपर्थ्यो, अब भत्ता समयमै आउछ भन्ने लागेको , उनले थपेभत्ता छिटो आयो भने मेरा जनता भोकै बस्ने समस्या कम हुन्छ, दशै, तिहार मनाउन पनि सजिलो हुने थियो अहिले राउटे गुराँस गाउँपालिकाको वडा नम्बर मा को गर्चे खोलामा बस्दै आएका छन् विगत फागुनदेखि गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा बसेका छन्

salyan