राजेन्द्र लिङ्देनले दिए झापा ३ बाट उम्मेदवारी दर्ता
असोज २३
झापा – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन्।
आज झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन्।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला उम्मेदवार हुनेछन्।
