रुकुम पश्चिमको प्रदेशसभामा कांग्रेसको उमेद्वारी खारेज

असोज २५

काठमाडौं – रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको १ महिना कैद र ७ लाख रुपैयाँ जरिवाना भुक्तान नगरेको देखिएकाले उनको उम्मेदवारी खारेज भएको रुकुमका मुख्य निर्वाचन अधिकृत खडकबहादुर केसीले जानकारी दिए ।

उहाँले उम्मेदवार स्वघोषणा फारममा दण्ड जरिवाना बाँकी छैन भन्नुभएको थियो, विपक्षी उम्मेदवारले उजुरी गरेपछि हामीले सुर्खेत उच्च अदालतमा पत्राचार गर्दा बाँकी छ भन्ने जवाफ आयो’ उनले भने, ‘त्यसैले उहाँको उम्मेदवारी खारेज भयो ।

lekbesi

ओली विरुद्ध उम्मेद्वार हुन अयोग्य भएको भनी सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माले उजुरी दिएका थिए । मुख्य निर्वाचन अधिकृत केसीका अनुसार कांग्रेस उम्मेदवार ओली उक्त उजुरीको प्रतिवाद गर्न पनि आएनन।