बागी उमेद्वारले भोलिसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने गठबन्धनको निर्णय

Naumule

काठमाडौं – बागी उमेद्वारले भोलिसम्म उमेद्वार फिर्ता नलिए पार्टीबाटै निकाल्ने गठबन्धनले चेतावनी दिएको छ। सत्ता गठबन्धनले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।

Gurvakot

गठबन्धनका शीर्ष नेताहरूको आज मङ्गलवार बसेको बैठकले भाेलि बुधवार असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चेतावनी दिएकाे छ ।

बैठकपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा यस्तो विषय उल्लेख छ ।

Bangad kupinde