चौरजहारी नगरपालिका वडान ३ अमाचौर टोलमा जनतासंग जनप्रतिनिधि स्वास्थ्य परिक्षण कार्यक्रम सुरु

रुकुमपश्चिम् – रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ को अमाचौर टोलमा आज जनतासंग जनप्रतिनिधि स्वास्थ्य परिक्षण कार्यक्रममा ७६ जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ ।

४७ जना नागरिकको रक्त परिक्षण गरिएको र भोलि स्यालखोला लगायत अन्य टोल हरुमा ‘जनतासंग जनप्रतिनिधि’ अन्तगत स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिने देभेन्द्र रोकायले जानकारी दिए।

शिविरमा नाक कान घाँटी, ज्वरो, रुघाखोकी, ग्यास्ट्रिक, एलर्जी जस्ता विभिन्न समस्याको चेकजाँच तथा औषधि वितरण गरिएको छ ।

शिविर संचालनमा चौरजहारी अस्पताल, रेडक्रस उपशाखा चौरजहारी, विजयश्वरी स्वास्थ्यचौकी नगरपालिकाको पहलमा जनतासंग कार्यक्रम संचालनमा ल्याएको वडा नम्बर ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीले बताए।

यो महिना स्वास्थ्य शिविर संचालन गरिएको र अव अर्को महिना फेरि नयाँ कार्यक्रमका साथ जनताको विचमा जाने वडा अध्यक्ष लालबहादुर बताउछन् ।

अव देखि प्रत्यक महिना शिक्षा, कृषि, पशुपालन सिलाईकटाई मुडा बनाउने लगायत जनतालाई उध्यशिलता सेवा लिएर जनताकोमा जाने अध्यक्ष लालबहादुरले बताए ।

यो जनतासंग जनप्रतिनिधि स्वास्थ्य परिक्षण कार्यक्रम चौरजहारी नगरपालिका वडा नम्बर ५ बाट सुरु गरिएको हो ।
वडा नम्बर ५ का वडा अध्यक्ष खुमबहादुर खड्काले आफ्नो वडालाई पहिलो स्वास्थ्य परिक्षण वडा बनाएका हुन।

आफ्नो वडाका जम्मा ४०१ जना नागरिको स्वास्थय परिक्षण र २३० जना नागरिकहरुको रक्त समुह परिक्षण गरिएको पनि वडा अध्यक्ष खड्काले बताएका छन ।

जनतासंग जनप्रतिनिधि कार्यक्रम चौरजहारी नगरपालिका का १४ वटै वडामा यो स्वास्थ्य परिक्षण कार्यक्रमलाई फागुन महिना सम्म सकिने नगर प्रमुख पुष्प वादी बताउछन् ।