सुर्खेतमा बिरामीका दुबै दाँत निकाल्ने जाजरकोटका नक्कली चिकित्सक पक्राउ

सुर्खेत – कर्णाली सुर्खेत वीरेन्द्रनगरमा प्रहरीले एक जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।

वीरेन्द्रनगर–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक डिलबहादुर महतारालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वीरेन्द्रनगरकी एक महिला महताराको क्लिनिकमा उपचारका लागि पुगेकी थिइन।

दाँत अत्याधिक दुखेपछि उपचारका लागि पुगेकि उनलाई नक्कली चिकित्सक महताराले दुख्ने दाँत निकाल्नुपर्ने सुझाव दिएका थिए ।

उहाँको सुझाव अनुसार निज महिलाले आवश्यक पैसा काउन्टरमा डिपोजिट गरेको प्रहरीको भनाई छ ।

तर नक्कली चिकित्सक महताराले दुख्ने दाँतसँगै अर्को दाँत पनि निकालिदिएपछि अत्याधिक दुखाई र रक्तश्राव हुन थालेपछि महिलाले महतारामाथि शंका गरिन र प्रहरीसामु उजुर गरेके थिइन।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार महिलाको उजुरीका आधारमा महतारालाई पक्राउ गरेर अनुसंधान गर्दा उनी नक्कली चिकित्सक भएको खुलेको छ।

पक्राउ पर्ने नक्कली २२ वर्षीय चिकित्सकको घर जाजरकोट शिवालय गाउँपालिका रहेको खुलेको छ भने महताराले क्लिनिकका सञ्चालन भए पनि डेन्टिस सम्बन्धी अध्ययन नभएको र चिकित्सक पनि नभएको स्वीकार गरेका छन ।

पक्राउ परेका नक्कली डाक्टरलाई इलाज सम्वन्धी कसुरमा मुद्दा लचाउने तयारी भइरहेको प्रहरी जनाएको छ ।