गायिका बुनु उप्रेतिमाथी साँघातिक हमला प्रहरीले लिएन जाहेरी
कार्तिक १
ललितपुर -चर्चित गायिका बुनु उप्रेतीमाथी आज दिउँसो उनकै घरमा साँघातिक हमला भएको छ, हमलाबाट गायिका उप्रेती सख्त घाईते भएकी छिन् । आफुमाथी आक्रमण भएको जाहिर दिँँदा ललितपुर प्रहरीले जाहेरी लिन नमानेको गायिका उप्रेतीले फोनमा रुँदै बताएकी छिन् ।
तिम्रो फोटो देखाई देखाई मैले फकाई सकें मम्मीलाई, तोरी तेल लाएर कपाल कालो भो लगायतका चर्चित गीतकी गायिकालाई महालक्ष्मी नगरपालिका ६ लुभु स्थित उनकै घरमा छिमेकी महिलाहरुले साँघातिक हमला गरेका हुन् ।
हमलाबाट उनको पेट, घुँडा र घाँटीमा चोट लागेको,घरका गमलाहरु फुटाईएका र हातमा लगाएको दुई तोलाको सुनको चुरा पनि चोरी भएको गायिका उप्रेतीले बताएकी छन् ।
स्तम्भकारलाई उनीमाथी उनकै घरमा आधा दर्जन महिलाले अमानबीय तरिकाले पेट र छातीमा लात्तिले हान्दै, कपाल लछार्दै आँगनबाट रोडमा घिसारेको भिडियो प्राप्त भएको छ । घटनामा उनकी नाबालिका छोरीमाथी पनि साँघातिक हमला भएको छ ।
साँघातिक हमलापछि दुई महिलाले उनको हातको सुनको बाला खोसेर लगेको उनी बताउँछिन् । कुटपिट र लुटपाट गर्नेहरु सपना श्रेष्ठ, शोभा श्रेष्ठ र संगीता मल्ल श्रेष्ठ भएको उनले बताएकी छन् ।
घटना लगत्तै ललितपुर सातदोबाटो प्रहरीमा जाहेरी दिन पुगेकोमा जाहिरी लिन नमानेर प्रहरीले भोलि आउनु भनी फर्काएको गायिका उप्रेतीले बताएकी छन् ।
घर र आँगनमा रंग रोगन लगाउँदा गमला बाटो किनारमा राखेको सामान्य निहँमा आफुमाथी कुटपिट र अपशब्द प्रयोग भएको उनले बताएकी हुन्। यसअघि पनि छिमेकीले उनको कम्पाउण्डमा फोहोर फालिदिने र उल्टै आफैमाथी कुटपिट गर्ने गरेको उनको भनाइ छ ।
झापा घर भएकी गायिका बुनु उप्रेती काठमाडौमा धेरै बर्षदेखि गीत संगीतमा लागेर संघर्ष गरेर अफ्नो र श्रीमानको कमाईले बनाएको निजी घरमा दुई छोरीसंग बसोबास गर्छिन् भने उनका श्रीमान् बैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन् ।
आफुलाई कान्छी आमा (बाउको दोश्रो श्रीमती) बाट पनि आफुलाई असफल बनाउने प्रयत्न भएको उनको आरोप छ । आफुमाथी पटक पटक आक्रमण हुने गरेको श्रीमानलाई बताउँदा पनि श्रीमान ६ बर्षदेखी घर नआएको उनी बताउँछिन् ।
आफ्नो बाउले कान्छी आमा बिबाह गरेको र काम्छी आमा र उनी तर्फका मान्छेहरुबाट पनि आफुलाई असहयोग भएको उनले बताएकी छिन् ।
गायिका उप्रेतीमाथी आफ्नै घरमा आक्रमण भएको यो पहिलो घटना होइन । आफुमाथी बिगत तीन सालदेखी यस्तै प्रकारका भौतिक आक्रमण भैरहेको र यो पाँचौं पटक भएको उनी बताउँछिन् ।
अन्तिम पटक गत पुसमा यसरी नै छिमेकी महिलाहरुले आफुमाथी आक्रम गरिएको र आक्रमणकारी महिलाहरुले घरमा रोपिएका फलफुल, बिरुवा सबै काटेर फालिदिएको उनी बताउँछिन् ।
त्यसबेला पनि जावलाखेल प्रहरी, लुभु प्रहरी चौकी, सातदोबाटो प्रहरीमा उजुरी दिंदा प्रहरीले उजुरी नलिएको उनको आरोप छ । आफुलाई यहाँबाट हटाएर आफ्नो सम्पत्ती कौडीको भाउमा हत्याउने स्थानिय महिलाहरुको दाउ भएको र उनीहरुले शक्ति र पहुँचको प्रयोग गरेर प्रहरी प्रशाशनमा आफ्नो उजुरी दर्ता हुन नदिईएकोमा प्रश्न गर्दै उनी भन्छिन् : प्रहरीले टोलबिकास र वार्डलाई सोध्ने रहेछ, उनीहरु सबै आक्रमणकारीसंग मिलेका छन् । म एक्ली महिलालाई कसले दिने न्याय ?
तपाईमाथी यसरी किन पटक पटक हमला भएको छ त भन्ने प्रश्नमा उनी भन्छिन् – “म माथी स सानो कुरामा टोलका महिलाहरु आएर कुटपिट गर्छन् । उनीहरुको उदेश्य मलाई यहाँबाट बिस्थापित गराउनु हो ।
म यो घर बेचेर कतै जान पनि सक्दिन किनकी प्रत्येक पल्ट घर किन्न आउनेहरुलाई यिनिहरुले नै भड्काएर पठाएका छन् ।” सख्त घाईते भएर सुतेकी गायिका भन्छिन् – बिगत तीनसालदेखी म अन्यायमा परिरहेकी छु, मलाई न्याय चाहियो ।”