समाजसेवी मानेन्द्र चन्दको सहयोगमा प्रकोप प्रभावितलाई तिहारको अवसरमा राहत वितरण
कार्तिक ८
काठमान्डौ – नौमुले गाउँपालिका वडा नं ६ सल्लेरी निवासी हाल अमेरिका बस्नु हुने मानेन्द्र चन्दले वर्षाको समयमा बाढीपहिरो प्रभावित र घर आगलागी भएका पीडितहरुलाइ पठाउनु भएको राहत सामाग्री वितरण गरिएको छ ।
नौमूले ६ सल्लेरीमा वर्षातको समयमा गएको बाढीपहिरोबाट पीडितहरुका लागी केहि सहयोग पुर्याउने उद्देश्यले समाजसेवी मानेन्द्र चन्द को आर्थिक सहयोगमा उक्त राहत वितरण गरिएको हो।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हरि राना , गगन थापा , नेकपा ( माओवादी केन्द्र ) का नेतृ टिका रावल , नेकपा ( एकीकृत समाजवादी ) का नेता हरि थापा , भोजबिर थापा ,अशोक थापा लगायतको उपस्थिती रहेको थियो भने राहत वितरण नौमूले ५ का अध्यक्ष कृष्ण सलामी ले गर्नुभएको थियो।

नौमुले गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कृष्ण सलामीले पीडितहरुलाइ खाद्य सामाग्री वितरण गर्दै, विदेशमा रहे पनि आफ्नो गाउँघरमा अप्ठ्यारो पर्दा सधैं खुलेर सहयोग गर्ने समाजसेवी मानेन्द्र चन्दको उच्च प्रसंशा गर्नु भयो ।
समाजसेवी मानेन्द्र चन्द कै सहयोगमा दशैं अगाडि पनि राहत वितरण गरिएको थियो।उहाँले नौमूले ५ निवासी क्यान्सर पिडित बल बहादुर नेपाली को खुट्टाको उपचार र नौमूले ५ कै मृगौला पिडित अम्मर सलामीलाई नगद रु १० हजार को दरले आर्थिक सहयोग गर्नु भएको नौमूले ५ का निर्वाचित वडा अध्यक्ष कृष्ण सलामी ले बताउनु भयो।
कोरोना महामारीको समयमा पनि मानेन्द्र चन्दले स्वास्थ्य सामाग्री लगायत नौमुले गाउँपालिका भित्रका अति विपन्न असहायहरुलाई समस्या पर्दा सहयोग गर्दै आउनुभएको छ ।