लक्ष्मीपुजाको लागि बालेको बत्तीबाट आगलागि घर पसल जलेर नस्ट
कार्तिक ९
काठमान्डौ – लक्ष्मीपुजाको लागि बालेको बतिले काठमाडौं तार्केश्वर नगरोपालिका ४ लोलाङ हाईट गणेशमन्दिर नजिक आगलागि भएको छ ।
लक्ष्मी पुजाको साझ १८:५० बजेको समयमा मन्दिर नजिक नारायण कार्कीको तिन तले फलामको पिलरले बनाएको घरको दोस्रो तलामा आगलागि भएको थियो।
उक्त तलामा लोलाङ निवासी फासबिन कार्कीले ब्याम्बो नियासा सुज प्रा.लि संचालन गर्दै आएका थिए । पसलमा लक्ष्मि पुजा गर्ने क्रममा बालिएको बत्तिबाट आगलागि भएको प्रहरीले जनाएको छ।
उक्त घरमा संचालन भएका सबै पसलहरु जलेर नस्ट भएका छन भने उक्त फलामे घरपनि पुर्ण रुपमा जलेको प्रहरी वृत्त बालाजुले जनाएको छ।
आग लागिबाट जुत्ता फ्याक्ट्रीका सञ्चालक वर्ष ३३ को सबिन कार्की जलेर घाइते भएको र उनलाई तत्काल उद्दार गरि ग्रान्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
आगो लागेको देखेर सटर फुटाउने क्रममा उनको दुवै हात, अनुहार र बाया खुट्टाको गोलीगाँठा निर जलेको प्रहरीको भनाई छ ।
पाँचवटा दमकल दुई वटा पानी ट्यान्की १५० भन्दा बढी सुरक्षाकर्मी र स्थानियको सहयोगमा झन्डै ३ घन्टापछि आगलागि नियन्त्रण गरिएको थियो।