Gold

झिम झिम पानि परेको रात खेताला पाउनै गारो ,,

Naumule Migrate

असार २५ , स्थानिय – नेपालीको खेति पाती गर्ने यो समयमा सबैको कामको चटारो छ ।, असार १५ लाई पर्वको रुपमा मनायर खेति योग्य जमिनमा तल्लिन भयको समाजमा भने खेताला पाउनै गारो छ ।देशको शक्ति युवा जति विदेश तिर पलायन भयपछि चर्को पारिश्रमिक तिर्दा पनि काम गर्ने खेताला पाउन नासकियको स्थानिय बताउछन ।

कुलो नहर नभयको ठाँउमा आकाशे भरको आसामा खेति गर्ने किसान ४,५ दिन सम्म खेतमा बसो बास गर्ने गर्दछन ।, लामो समय पानी परेन भने ब्याड पनि सुक्ने त्रासका कारण स्थानीय किसान अहिले महँगो मूल्य तिरेर खेती गर्न बाध्य भएका छन्। एक जना खेतालाई ७ सय सम्म ज्याला तिरेर काममा लैजान खोज्दा पनि युवा युवती गाँउमा नभयकोले किसानहरुले दुख पोखेका छन् ।

यस्तै अवस्था रहे भविष्यमा गएर किसानले धान खेती छाड्न सक्ने बताएका छन् । उनका अनुसार खेत जोताइ, रोपाइँ, गोडमेल, मल र कटाइको हिसाब गर्ने हो भने आम्दानी भन्दा बढी खर्च हुन्छ। ‘धान काटेपछि खेतमा हुने गहुँ र दलहन बालीले किसानलाई केही राहत हुने गरेको छ’, उनले भने, ‘वर्षमा एक मात्र बाली उत्पादन हुने हो भने कुनै पनि किसानले धान खेती गर्दैन।

Naumule Badhipahiro