सागर ढकालले चुनाव जिते म डडेलधुराबाट नाङ्गै हिडेर काठमान्डौ जान्छु

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र डडेलधुराबाट स्वतन्त्र उम्मेद्बारी दिएका सागर ढकालले चुनाव जिते भने एक जनाले डडेलधुराबाट काठमान्डौसम्म नाङ्गै हिड्ने बताएका छन।

सागर ढकालले चुनाव जिते भने ११ जनाले कानै काट्ने र ४ जनाले घाँटी काट्ने बताएका हुन। यस्तै ६ / ६ जनाले आफ्नो बुढी औंला र कान्छी औला काट्ने र १ जनाल १ जना देब्रे आँखा दान गर्ने बताएका छ्न।

त्यस्तै २ जना पल शाहको ठाउँमा जेल गएर बस्दिने र १ जना डडेल्धुरा देखि काठमान्डौं सम्म नाङ्गै हिड्ने भन्दै सामाजिक संजालबाट च्यालेन्ज गर्ने गरेका हुन।

मंसिर ४ गते संघ र प्रदेश सभाको चुनाव हुँदै छ। चुनावमा आ आफ्नो तर्फबाट उमेदवारहरु प्रचार प्रसारमा जुटेका छन।