जापानमा वर्षाले लग्यो सय जनाको ज्यान पचास बढी बेपत्ता ,,
असार,२५, टोकियो – जापानमा बाढी र पहिरोमा परेर एक सय जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी वेपत्ता छन् । मृतक को संख्या बढ्ने अन्तरास्ट्रिय समाचार माध्यामले बतायका छन्। जापानको क्योडो समाचार एजेन्सीका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको पि्रफेक्चरमा भएको छ ।जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ ।
सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्, ‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’
गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।
हिरोसिमाभन्दा तीन सय किलोमिटर टाढा पर्ने क्योटो शहरमा पनि मुसलधारे वर्षा भइरहेको छ ।जापानको मौसम विभागका अधिकारीले बीबीसीसँग भनेका छन्, यस्तो खालको वर्षा अहिलेसम्मकै उच्च हो ।’ अधिकारीहरुका अनुसार अझै केही दिनसम्म वर्षा जारी रहने सम्भावना रहेको छ ।