सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन आयोगको निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई निर्बाधरूपमा प्रचारप्रसार गर्न निर्देशन दिएकाे छ ।

डडेल्धुरालगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ताे निर्देशन दिएकाे हाे ।

हिजाे साेमवार डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारमा रोक लगाएको भन्दै सामाजिक सञ्जालमा गुनासाे गरेका थिए ।

आयाेगले स्वतन्त्रतापूर्वक चुनाव प्रचार गर्न तथा चुनाव खटिएकालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनावमा हुने उपयुक्त वातावरण तयार गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिएको छ ।