Gold

तोकीयो श्रमिकको पारिश्रमिक १३ हजार चार सय ५०बैंकबाट भुक्तानी लिन पर्ने ,,

Naumule Migrate

असार २५ ,काठमाडौं -सरकारले श्रमिकको मासिक न्युनतम पारिश्रमिक तोकेको छ अब श्रमिकको पारिश्रमिक १३ हजार चार सय ५० पुगेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको ज्याला निर्धारणका लागि बनाएको कार्यदलले ३७ सय ५० पारिश्रमिक बढाएर सिफारिस गरेको हो।यसअघि श्रमिकको न्युनतम पारिश्रमिक ९ हजार सात सय रुपैयाँ मात्र थियो।

चन्द्र ढकालको संयोजकत्वको कार्यदलले पारिश्रमिक बढाउने सिफारिस गरेको हो। संयोजक ढकालका अनुसार कार्यदलको सिफारिसलाई मन्त्रालयले औपचारिकता दिनेछ। पारिश्रमिक सबै पारिश्रमिक बैंकबाटै भुक्तानी गर्नुपर्ने व्यवस्थासहितको सिफारिस कार्यदलले गरेको हो।यो भन्दा पहिले श्रमिक हरु आफ्नो श्रममा ठगियका थिय,। महिनौ काम गरेर कति पयले पारिश्रमिक नपायको गुनासो बढ्दो आयपछी सरकारले बैंकबाट भुक्तानी गर्ने योजना बनायको हो ।

Naumule Badhipahiro