Gold

सागर ढकालले चुनाव खर्च उठाईदिन हार गुहार गरे

Naumule Migrate

काठमान्डौ – सागर ढकालले आफू लाई चुनाव खर्च जुटाईदिन आग्रह गरेका छन ।स्वतन्त्रबाट सुई चुनाव चिन्ह लिएर डडेलधुराबाट उमेदवार बनेका सागरले आफू संग चुनाव लड्ने पैसा नभएको भन्दै सबैसंग हार गुहार गरेका हुन ।

उनले ग्लोबल आइ एम ई बैंकको क्यु आर कोड समाजिक संजालमा राख्दै चुनाव खर्च माग गर्दै आईरहेका छन।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिद्वन्द्वी बन्दै उनले डडेलधुराबाट आगामि मंसिर ४ को प्रतिनिधिसभाको उमेदवार दिएका हुन।

केही दिन अगाडि उनलाई डडेलधुरामा चुनाव प्रचार नगर्न भन्दै रोकिएको थियो । पछि निर्वाचन आयोगले प्रचार प्रसारमा रोक नलागाउन आग्रह गरेको थियो ।

Naumule Badhipahiro