मिस्टर भर्जिन भदौ १ बाट ,,
असार २५ – चलचित्र मिस्टर भर्जिनले आफ्नो टिजर प्रस्तुत गरेको छ । भाद्र १ गते बाट रिलिज हुने मिस्टर भर्जिनमा तीन यूवाको यौन मनोविज्ञानको कथालाई चित्रण गरियको छ। चलचित्रका मुख्य कलाकारमा गौरव पहारि, विजय बराल, कमलमणि नेपाल र मरिष्का पोखरेल छन्।
चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक यामको कोरियोग्राफी, मिलन डी काप्रिको सम्पादन छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, विशारद बस्नेतको लगानी छ ।विशारद बस्नेतको निर्देशनमा रहेको भर्जिनमा तिन युवाले पसलमा युवती संग कण्डम मागेको कुरालाई हाईलाईट गरियको छ। चलचित्रको टिजर हेर्दा पूर्ण कमेडी रुपमा निर्माण पारीयको जस्तो देखिन्छ ।