प्रचण्डको अन्तर्वार्ता लिन पत्रकारहरु गोरखातिर प्रस्थान

कार्तिक २६

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अन्तर्वार्ता लिन राजधानीबाट पत्रकारहरु गोरखा पुगेका छन।

अध्यक्ष प्रचण्डको अन्तर्वार्ता लिन केही दिन अगाडि पत्रकार ऋषि धमलापनि गोरखा पुगेका थिए । यस्तै एबिसि टेलिभिजन बिबिसी , अभिन्युज लगायतका पत्रकारहरु पनि गोरखा पुगेका छन।

प्रचण्ड यो पटक गोरखा क्षेत्रन २ बाट चुनावी मैदानमा छन। उनको उम्मेद्बारीलाई देश भित्र र बाहिरका जन्ताले निकै चासोका साथ हेर्ने गरेका छन।

lekbesi

प्रचण्डले यो पटक चितवनलाई छोडेर किन गोरखाबाट उम्मेद्बारी दिए भन्ने हरेकको चासो छ । यस्तै अध्यक्ष प्रचण्ड अहिले पनि आफ्नै चुनावी मैदानमा मतदातासंग भेट घाट गरिरहेका छन ।

प्रचण्डले आज २६ गते गोरखा पालुङटार ७ बिरुवाटार च्याङली मतदाता लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।