एमाले कार्यकर्तालाई गाउँलेले लखेटे दुई घाईते

कार्तिक २७

दार्चुला – गठबन्धन र एमाले कार्यकर्ताबिच कुटा कुट भएको छ।
दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप भएको बुझीएको छ।

झडपमा परी दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको हो ।

झडपमा परी गठबन्धनका कार्यकर्ता नौगाड ६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका वडा नम्बर ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेश शाहीले जानकारी दिए ।

lekbesi

एमालेको चुनावीसभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्ता रोक्न खोजेपछि झडप भएको एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए ।

गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाएका छन् ।

झडपमा परी घाईते भएकामध्ये जयभानसिहको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि अस्पताल लगिएको छ। फाईल तस्वीर