बहुमुल्य पत्थर रुबी सहित ९ जना पक्राउ ,,

असार २५ , काठमाण्डौ – काठमान्डौको विभिन्न स्थानमा विभिन्न जिल्लाबाट संलग्न ब्याक्ति हरु बहुमुल्य पत्थर सहित ९ जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले ४ वटा रुबीको पत्थर विक्रीमा संलग्न भएको अभियोगमा उनीहरुलाई पक्राउ गरेर सार्बजानिक गरेको हो। पक्राउ पर्नेमा ज्याठाबाट जाजरकोटका पदमबहादुर थापा, अमृतबहादुर बुढा, प्रदीपकुकमार बोहरा, हुम्लाका सरोज कार्की, बाँकेका जीवन शर्मा, गोरखाका सुमन तामाङ, रुकुमका मनोज बोहरा, टोखाका राजाराम सिलवाल र डोल्पाका भीम बोहरा १ सय १० क्यारेट रुबीसहित पक्राउ परेका छन् ।

परिसर मातहतको दरबारमार्ग वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ परेका व्यक्तिहरुसहित रुबी धातुलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।बरामद गरिएको धातुको बजार मूल्य अन्दाजी ५० लाख भन्दा बढी रहेको प्रहरीको दाबी छ ।

बहुमुल्य सामान भनेर बजारमा नक्कली सामान हरु बेच्नेको पनि कमि छैन ।,कति पय ब्याक्ति हरु समान नदेखेर देख्न पाउने आसमा र कति पयहरु पैसा कामाउने लोभमा फस्ने गरेका छन् ।, नेपालमा कारोबारो हुन नसक्ने यसको लागि भारत , चिन ईत्यादि देशबाट पार्टी बोलाउने र डिल गर्ने होटलमा बस्ने र खाने जस्ता ग्याम दिनहु बढ्दा भईरहेको प्रहरी परिसरले जानायको छ ।यसको मूल्य अन्तरास्ट्रिय बजारमा बहुमुल्य भयको देखिन्छ । , यो स्टोन विभिन्न देशमा घरमा सजावट र हातमा लागाउने बाला, रिङ् ,औठीमा प्रयोग गरिन्छ । सुन भन्दा पनि महँगो मानिने यो पत्थर नेपालमा पनि चोरी निकासी हुने गरेको छ  ।

lekbesi