सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए

मंसिर ३

सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिक ,४ मा एक मतदान अधिकृत मृत भेटिएका छन् ।

फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटियका हुन।

lekbesi

प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।उनले लामो समय देखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ।