छोरी जन्माउनेलाई २ लाख धनराशी जम्मा ,,
असार २५ , कलैया – कलैयाको प्रसौनी गाँउपालिकाले छोरी जन्मेको ३५ दिन भित्रमा जन्म दर्ता गरि प्रमाणपत्र लिन आउने हरुलाई वार्षिक १० हजारले बिसवर्ष सम्म छोरीको नाममा बैंकमा खाता खोलि रकम जम्मा गर्दिने निर्णय गरेको छ ।गाउँपालिकाको आज बसेको सभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र एक हजार रूपैयाँका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए ।
छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले जानकारी दीइन । नेपालमा वालविवाह अन्त्य गर्न र दाईजो प्रथा अन्त्य गर्न यो अभियान सुर गरियको गुप्ताले बताय। साथै सभामा स्थानीयलाई कुनै पनि चेली बिस वर्ष नपुगे सम्म विवाह नगर्न र गराउन आग्रह समेत गरियको छ ।गाँउसभाले गरेको निर्नायालई स्थानीयले आत्मासाथ् स्वीकार गरेका छन्।
गर्भमा छोरी भयको थाँहा पाय पछि नराख्ने र क्युरेट गराउने प्रवृति अहिले नेपालमा बढ्दो देखिन्छ। , जसले गर्दा सानै उमेरमा आमा बनेका महिला हरु र केहि आमा बनिसकेका महिला आमा हरुले अकालमै ज्यान गमाउनु परेको र आफ्नो स्वास्थ्य बिगारेको देखिन्छ। २० वर्ष सम्म छोरीलाई वार्षिक १० हजारका दरले २ लाख जम्मा हुन्छ । जसले गर्दा उसलाई के पढौ र के खाँउ भन्ने हुन्न यो प्रक्रियाले छोरी आफै पनि केहि गर्न र आत्मा रक्षाका साथ् अगाडी बढ्न सक्ने उपाअध्यक्ष गीता दाहालले बताईन। ,