सिराहामा मत पेटिका खोसा खोस पछि प्रहरीले गोलि चालायो

मङ्सिर ४ सिरहा – सिराहामा मत पेटिका खोसा खोस पछि प्रहरीले गोलि चालाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको जनाएको छ।

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । केहि छिन सम्म स्थगित भएको मतदान अहिले पून सुरु भएको छ।

lekbesi