काठमान्डौको मतगणना यी स्थानमा हुने
काठमान्डौ – आज बिहान ७ बजे देखि भएको प्रतिनिधिसभा र प्रदेश सभाको मतदान सकीएको छ। केहि ठाँउमा भने छिट फुट घटनाका कारण मतदान रोकीएको छ। रोकीएको ठाँउमा निर्वाचन आयोगले पून: मतदान गराउने जनाएको छ। यस्तै मतदान सकीएपछि काठमाडौं क्षेत्रका मतपेटिका गणनास्थलतर्फ लागिएको छ।
काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुनेछ ।क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।