रात भर सुत्न भएन :सागर ढकाल
मंसिर ४
डडेलधुरा – डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि पनि बाक्साको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् ।
उनले प्रशासनले मतदान भएका बाकसहरु एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन् ।
डडेल्धुराका जनताहरु बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडीको स्कर्टिङ हजुरहरुले नै गर्नुपर्यो’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘कतिपय ठाउँमा बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको छ ।
आज राति सुत्न भएन। जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।ढकालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।