हुम्लाबाट माओवादीका छिरिङ कार्चेन विजयी
मंसिर १० हुम्ला – हुम्लामा प्रतिनिधि सभा सदस्यमा माओवादीका छिरिङ डम्दुल लामा (कार्चेन) निर्वाचित भएका छन्।
एमाले उम्मेदवार दल रावललाई ४ हजार ८ सय २८ मतान्तरले पराजित गर्दै लामा निर्वाचित भएका हुन् ।
निर्वाचित लामाले १४ हजार ३ सय ७१ मत पाए भने एमाले नेता रावलले ९ हजार ५ सय १६ मत पाए।
