बाजुराको बूढीनन्दा ५ मा आज मतदान हुँदै

काठमाडौं- बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि मतदान केन्द्रमा आज बिहान ७ बजे देखि पुन: निर्वाचन भएको छ।

यसअघि मंसिर ४ गते एमाले र कांग्रेसका कार्यकताबीच झडप हुँदा रोकिएको मतदान आज गर्ने निर्णय भएको थियो ।

निर्वाचन आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो । मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो । मतदान केन्द्रमा ९९९ मतदाता छन्। मंसिर १०

lekbesi

पुनः मतदानको कार्यक्रम सम्पन्न भएपछि मात्र जिल्लाको मतगणना हुने जानकारी दिइएको छ । बाजुरामा नेकपा एमालेका कर्ण थापा र नेपाली कांग्रेसबाट बद्री पाण्डे मुख्य प्रतिस्पर्धी हुने देखिन्छ।