मेयर बालेनको डोजर आतंकलाई सुकुम्बासीले खुकुरी निकालेर प्रतिकार

काठमाडौं – काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासी बस्तीका स्थानीयले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नारावाजी गरिरहेका छन् ।

lekbesi

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

मेयर बालेन्द्र शाहको निर्देशनमा काठमाडौंका विभिन्न स्थानमा ओजर आतंक भईरहेको छ। जसको जनताले प्रतिकार गर्दै आईरहेका छन्। मङ्सिर १२