बालेन शाहको ज्यान खतरामा भने मलाई सुरक्षा चाहियो
काठमान्डौका मेयर बालेन शाहको ज्यान खतरामा परेको छ । थापाथलिस्थित सुकुम्बासी बस्तीमा आज नगर प्रहरीले डोजर लगाउन थालेपछि उनीहरुले प्रतिकार गरेका थिए ।
सुकुम्बासीबासी बस्तीहरुले नगर प्रहरी टोलिलाई ढुङ्गा मुढा र घरेलु हतियारले लखेटेका थिए । नगर प्रहरी प्रमुख राजु पान्डेको टाउको फुटेको छ ।
उनको टाउकोमा छ वटा टाका लगाईएको छ । यस्तै सुकुम्बासी बस्तीमा रहेका हरुले बालेनलाई मार्ने धम्की दिएका छन । उनीहरुको जहाँ भेट्यो बालेनलाई त्यहीँ मारिदिने भन्दै आक्रोश पोखेका छन।

सुकुम्बासीहरुले हातमा खुकुरी नचाउदै बालेनलाई मार्ने धम्की दिएपछि बालेनले आफू लाई बचाउ गरेका छन ।
उनले लेखेका छन ,देशमा गृह मन्त्रालय , प्रहरी प्रसासन , शान्ती सुरक्षा छ कि छैन , देशको राजधानीमा खुलेआम आतंकवाद हुदा केन्द्र सरकार के हेरेर बसेको छ ?
मंसिर १२