महेश बस्नेतको बालेनलाई कडा चेतावनी सुकुम्बासीको बिचल्ली पार्ने काम बन्द गर

मंसिर १२

काठमान्डौ – नेकपा एमालेका नेता पुर्व सांसद महेश बस्नेतले काठमान्डौका मेयर बालेन शाहलाई सुकुम्बासीमाथी डोजर आतंक गरे नराम्रो हुने बताएका छन।

बस्नेतले उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब , सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली पार्ने काम गरे त्यस्को कडा विरोध गर्ने बताएका हुन ।

यस्तै नेता बस्नेतले ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको समेत आरोप लगाएका छन।
नेता बस्नेतले लेखेका छन।

lekbesi

बिना बिकल्प , बिना क्ष्यतिपूर्ति सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरी गरिएछ । ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ । आयोगनै रद्धिको टोकरीमा लगेर थन्काएको छ । अघिल्लो सदनले पाँस गरेको भू-उपयोग ऎनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ । चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ । मंसिर महिनाको यो कठ्याग्रींदो जाँडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुदैन । म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब , सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन । जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घाईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुदैन ।