थाईल्याण्डको गुफ्फामा फसेका १३ बालबालिकाको आज सबैको सकुशल उद्दार ,,
असार २६,-दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् । बालबालिकाको उद्दार भयपछि उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ ।
गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए । ९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।
उनीहरुलाई उद्दार गर्नका लागि आइतबारदेखि उद्दार कार्य सुरु भएको थियो । उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो । उनीहरुको उद्दारका लागि पटक पटक गरी एक हजार जना भन्दा बढी उद्दारकर्ता खटिएका थिय । गुफ्फा भित्र फसेका बालबालिकाहरुलाई निकाल्न धेरै मेहनत गर्न परेको बीबीसीले लेखेको छ ।,पानि धेरै चिसो भयको र गुफ्फा भित्र सम्म पानि पसेको कारण पनि उनीहरुलाई निकाल्न ढिला भयको अन्तरास्ट्रिय माध्यामले बतायका छन् ।