सत्तागठबन्धनको बैठकमा नेपाली कांग्रेसले गगन थापालाई सहभागी गराएन

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्तागठबन्धनको बैठकमा नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई सहभागी गराएको छैन।

सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको श्रोतले जनाएको छ।

निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

lekbesi

गगननिकट स्रोतले पनि बैठकबारे कुनै जानकारी नगराइएको बतायो । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवा सकारात्मक नरहेको नेताहरूको आकलन छ ।

चुनावअघि थापाले सिट बाँडफाँडमा भूमिका खेले पनि हिजोको बैठकमा उनलाई जानकारी गराइएन । निर्वाचनलगत्तै सभापतिज्यूले आफूनिकटकालाई सहभागी गराउने, आफूविरुद्ध उभिनेलाई निषेधको मनसाय राखेर नबोलाइएको गगननिकट श्रोतले जनायो।मंसिर २०