सुर्खेतमा २९ गत्ते सभामुखको चुनाब हुने ,,
२१ माघ, सुर्खेत । प्रदेश ६ को पहिलो बैठक पौने घण्टामै सम्पन्न भएको छ । दिउँसो १ः८ बजेको समयमा सुरु भएको बैठक २ नबज्दै सम्पन्न भएको हो ।
जेष्ठ सदस्य हिमबहादुर शाहीले सुरु गरेको बैठक एमाले, माओवादी, कांग्रेस र राप्रपाबाट चारजना सांसदले सम्बोधन गरिसकेपछि विभिन्न प्रस्तावहरु पारित गरी सम्पन्न भएको हो ।
बैठकले कार्यसूचीमा रहेका सबै एजेण्डाहरु सर्बसम्मत पारित गरेको छ । कार्यसूचीमा रहेका मुख्य एजेण्डाहरु प्रदेश संसद सञ्चालन कार्यविधि र सभामुख चयनको मिति र अन्य सबै एजेण्डाहरु बैठकले सर्वसम्मत पारित गरेको सांसद ठम्मर विष्टले जानकारी दिए ।
बैठकमा सभामुख चयनका लागि यही माघ २९ गतेका लागि प्रस्ताव गरिएको मिति समेत पारित भएको छ । अब २९ गते बस्ने दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने छ ।
बैठकमा एमालेबाट यामलाल कंडे, माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, कांग्रेसबाट जीवनबहादुर शाही र राप्रपाबाट शोसीला शाहीले सम्बोधन गरेका थिए ।प्रदेश ६ मा समानुपातिकसहित ४० जना प्रदेश सांसद रहेका छन् ,
उनीहरुले प्रदेश ६ पछाडि पर्नुको कारण आफूहरु नै भएको स्वीकार गर्दै अब समृद्धिका लागि प्रतिबद्ध भएर लाग्ने बताएका थिए ।