Simta
Simta
lekbesi

महिलालाई स्वोरोजगार बनाउनको लागि सिलाइ कटाई केन्द्रको सुभारम्भ

Gurvakot

२५ असार, सुर्खेत ।
वीरेन्द्रनगर नगर नगपालिका ९ न‌ं वडा कार्यालयको सहयोगमा वडामा रहेका ३० वटा टोल विकास समितिलाई समेटेर र वडामा रहेका महिलाहरुलाई स्वरोजगार दिनकालागि आज एक समारोहका विच नगर प्रमुख देवकुमार सुबेदीले काँक्रेविहार सिलाई कटाई केन्द्रको शुभारम्भ गर्नुभएको छ ।
केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख सुबेदीले आफुले सिकेको सिपलाई व्यावसायीक बनाउँदै केन्द्रलाई स्थायी सम्पत्ति बनाउन आग्रह गर्नुभयो । साथै नगर प्रमुख सुबेदीले वीरेन्द्रनगरको ९ न‌ं वडा ऐतिहासिक रहेकोले वडालाई विकास गर्न नगरपालिकाले केही नयाँ योजना बनाउने बताउनुभयो ।त्यस्तै नगर उपप्रमुख मोहनमाया ढकालले संविधानले महिलाहरुलाई हकअधिकार दिइसकेको ले अब ति हकअधिकारलाई पालना गरि प्रेरणा मिल्ने गरि काम गर्न महिला दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकाल भरि नगरपालिकाले १ घर १ महिलालाई स्वरोगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व जिविस सभापति बालकृष्ण विसीले दत्तचित्त भएर केन्द्रलाई संचालन गरि वडाका सम्पूर्ण महिलाहरुलाई व्यावसायीक हुन आग्रह गर्नुभयो ।

lekbesi

त्यस्तै कार्यक्रममा ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेको सम्पूर्ण महिलाहरुलाई आफूले जानेको सिपलाई उजगार गर्न अनुरोध गर्दै वडाले महिला लक्षित कार्यक्रम अन्तरगत सिलाई कटाई केन्द्रमा सहयोग गरेको बताउनुभयो ।

केन्द्रका अध्यक्ष सुमित्रा तुलाधरले स्वागत गर्नुभएको शुभारम्भ कार्यक्रमको सहजीकरण ९ नं वडा सचिव देव मुलेलले गर्नुभएको थियो ।

Simta